काठमाडौँ । कैलालीको मोहन्याल गाउपालिकामा १६ गते कालिका सामुदायिक वनबाट आएको पाटे बाघले आक्रमण गरी किसानहरुको २१ बाख्रा मारेको भन्दै झपट रावलले सरकारसँग नियन्त्रणको माग गरेका छन्।
उनले आफूले पाउने सांसदको यो महिनाको भत्ता उपलब्ध गराउने घोषणा पनि गरेका छन्। सांसद रावलले मोहन्याल गाउँपालिकामा प्रत्येक वर्ष यसैगरी बाघले आक्रमण गर्ने गरेकाले बाघलाई नियन्त्रणमा लिन र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरे।
पाटे बाघको आक्रमणबाट भएको क्षतिको बारेमा संसद्को शून्य समयमा उनले कुरा राख्दै बाढीले पुर्याएको क्षतिबारे पनि सरकारको ध्यानाकर्षण गराए।