काठमाडौं। पछिल्लो समय देशका विभिन्न स्थानबाट सहकारी सञ्चालक फरार भएका समाचारहरु सार्वजनिक भइरहेका छन्।
केहीदिन अघि मात्रै काठमाडौंको कुलेश्वरमा रहेको गौतम श्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक फरार भएका थिए।
सहकारी विभागका अनुसार सहकारीका सञ्चालक फरार हुने तथा सहकारी नै बन्द हुने क्रम बढेसँग पीडित बचतकर्ताको संख्या पनि बढिरहेको छ।
सहकारी विभागका अनुसार काठमाडौंको न्युरोडबाट मात्रै ३२ सञ्चालक भागेर सहकारी बन्द भएका छन्।
पढ्नुस्, काठमाडौंको न्युरोडमा खुलेर सञ्चालक भागेपछि बन्द भएका ३२ सहकारीः
मानापाथी बचत तथा ऋण सहकारी,
मनसुन बचत तथा ऋण सहकारी,
समुन्नत बचत तथा ऋण सहकारी,
स्वर्ण पथ बहुउद्देश्यीय सहकारी,
न्युज डेभलपमेन्ट बचत तथा ऋण सहकारी,
एलपीजी बचत तथा ऋण सहकारी,
हलमार्क बचत तथा ऋण सहकारी,
चाइना टाउन बचत तथा ऋण सहकारी,
तीव्र बचत तथा ऋण सहकारी,
सम्यम बचत तथा ऋण सहकारी,
पानी टङ्की बचत तथा ऋण सहकारी,
सोसाइटी बचत तथा ऋण सहकारी,
बिजनेस बचत तथा ऋण सहकारी,
सिर्कादेवी बचत तथा ऋण सहकारी,
सूर्योदय ज्योति बचत तथा ऋण सहकारी,
ओम् बटु बचत तथा ऋण सहकारी,
अष्ट मंगल बचत तथा ऋण सहकारीका सञ्चालकहरु,
स्वतन्त्र शान्ति बचत तथा ऋण सहकारी,
जनमत बचत तथा ऋण सहकारी,
ल्होत्से बचत तथा ऋण सहकारी,
उपासी बचत तथा ऋण सहकारी,
ए टु जेड बचत तथा ऋण सहकारी,
उन्नति बचत तथा ऋण सहकारी,
मुस्किलमा सजिलो बचत तथा ऋण सहकारी,
आनन्द नगर बचत तथा ऋण सहकारी,
सुपर टप बचत तथा ऋण सहकारी,
ढुकु पिकु बचत तथा ऋण सहकारी,
जनजीविका बचत तथा ऋण सहकारी,
अस्मोसिस बचत तथा ऋण सहकारी,
महिला चालक मजदुर बचत तथा ऋण सहकारी,
जिलेट बचत तथा ऋण सहकारी
किरणोदय बहुउद्देश्यीय सहकारी ।
सञ्चालक भागेर सहकारी बन्द हुनेक्रम बढेपछि विभागले राम्रोसँग बुझेर मात्रै सहकारीमा पैसा बचत गर्न आग्रह गरेको छ।