काठमाडौं। नेकपा माओवादी केन्द्रका युवा नेता रञ्जित तामाङले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्व चुनाव लड्ने चाहना व्यक्त गरेका छन्।
अनेरास्ववियु क्रान्तिकारीका पूर्व अध्यक्षसमेत रहेको नेता तामाङले ओलीविरुद्व आफ्नो चुनाव लड्ने चाहना रहेकोबारे पार्टी, अध्यक्ष प्रचण्ड र सत्तारुढ गठबन्धनमा जानकारी गराइसकेका छन्।
उनले एक टेलिभिजन कार्यक्रममा भने, ‘फेरि प्रतिगमनको सामना गर्नुपर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउनुपर्ने, जोबाट विकास र सम्बृद्धिको अपेक्षा थियो, त्यहीँ माल्छेले विकास र सम्बृद्धिविरुद्व धावा बोल्यो। मैले केपी ओलीविरुद्व चुनाव लड्न चाहन्छु भनेर पार्टीमा भनिसकेको छु।’
उनले पार्टीमा विधि पद्धति हुने भएकोले स्वतन्त्रले जस्तै उम्मेदवारी घोषणा नगरेको बताए।
उनले चुनावमा यदी पराजित भएमा कुनै आरोप, टिकाटिप्पणी, नगर्ने पनि स्पष्ट पारे।