काठमाडौं। चिनियाँ नागरिकको अपहरण गरेर एक करोड फिरौती मागेको आरोपमा ६ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेकाहरु सबै नेपाली भए पनि विवरण सार्वजनिक गरेको छैन।
उनीहरुले काठमाडौंमा बुधबार साँझ एकजना चिनियाँ नागरिकको अपहरण गरेका थिए। अपहरणपछि ती चिनियाँ नागरिकलाई नयाँ बसपार्कमा लगेर एक करोड रुपैयाँ फिरौती माग गरेका थिए।
अपहरणमा संलग्न ६ जनालाई जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले पक्राउ गरेको हो।
उनीहरूलाई म्याद थपेपछि सार्वजनिक गर्ने तयारी प्रहरीको छ।