काठमाडौं। गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को कोचमा हेरफेर भएको छ ।
‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका लागि कोचमा हेरफेर भएको हो। चौथो सिजनको कोचमा राजु लामा र प्रमोद खरेलले निरन्तरता पाएका छन्।
तिर्सना गुरुङ र दीप श्रेष्ठ हट्दा नयाँ कोचको रुपमा राजेशपायल राई र प्रविशा अधिकारी प्रवेश भएका छन्। वरिष्ठ गायक श्रेष्ठले विश्राम लिएको बताइएको छ।
गायिका अधिकारीले द भ्वाइस किड्समा कोचको रुपमा काम गरिसकेकी छन् भने राई द भ्वाइस अफ नेपाल सिजन ३ का केही एपिसोडमा गेस्ट कोच बनेका थिए।
डिजिटल अडिसनमा सहभागी भएका ४१ हजार आवेदकमध्येबाट १२० जना ब्लाइन्ड अडिसनका लागि छानिएको छन्। छिट्टै चौथो सिजन सुरु हुने बताइएको छ।