काठमाडौं। निर्वाचन आयोगले मंसिर ४ गते निर्वाचन गर्न समय अपुग नहुने जनाएको छ।
सरकारले मंसिर ४ गते निर्वाचन गर्ने निर्णय गरेलगत्तै पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचन गर्न समय अपुग नहुने जनाएको हो।
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले चुनाव स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन अजुनदृष्टि लगाएर काम गर्ने बताए।
उनले अबको चुनावमा खटिने कर्मचारी, सुरक्षाकर्मीदेखि वृद्धाश्रम र कारागारमा रहेकालाई पनि मतदान गर्न दिइने बताए। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाका अनुसार उनीहरुलाई समानुपातितर्फ मतदान गर्न दिइनेछ।
उनले भने, ‘चुनावमा खटिने कर्मचारी, सुरक्षाकर्मीदेखि वृद्धाश्रम र कारागारमा रहेकालाई पनि अस्थायी मतदाता नामावली परिचय पत्र दिएर समानुपातितर्फ मतदान गर्न दिइने व्यवीथा गर्छौ। यसका लागि आयोग गम्भीर छ।
सम्बन्धित समाचारः
मंसिर ४ गते निर्वाचनः म्यादीमा भर्ना खुल्दै, मतदाता नामावली संकलन कार्य स्थगित