काठमडौँ । अष्ट्रेलियन हाइ कमिसनका उच्च पदाधिकारीको टोलीले आज(शुक्रबार) नेपालका शैक्षिक परामर्श व्यवसायसँग सम्बन्धित संघसंस्था तथा व्यक्तिसँग छलफल गर्ने भएको छ ।
स्रोतका अनुसार आज बिहान ९ बजे अस्ट्रेलियन दूतावास महाराजगन्जमा छलफल हुनेछ। शुक्रबार बिहान हुने छलफलमा पछिल्लो समय बढेको अष्ट्रेलियाको भिसा रिजेक्सनबारे छलफल हुने बताइएको छ। छलफलमा भिसा रिजेक्सनको कारण र समाधानका उपायबारे विस्तृत छलफल हुनेछ।
सो क्रममा कन्सलटेन्सीका लागि आचारसंहिता पनि तय गरिने बताइएको छ । त्यस्तै, नक्कली डकुमेन्ट पठाउने कन्सलटेन्सी र सञ्चालक नै कालोसूचीमा पर्नेसम्मको छलफल हुनेछ। गलत तथा नक्कली कागजात नै अष्ट्रेलियाको भिसा रिजेक्सन (अस्वीकृत)को कारण रहेको पाइएको छ।
अष्ट्रेलिया जानका लागि निवेदन दिँदा नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्दा अष्ट्रेलियाको भिसा रिजेक्सन बढी मात्रामा हुने गरेको अष्ट्रेलिया सरकारको गृह विभागले जनाएको थियो।
यो पनि पढ्नुस् :-
यसकारण भएको रहेछ अष्ट्रेलियाको भिसा रिजेक्सन
अष्ट्रेलियन हाइ कमिसनको टोली नेपालमा