काठमाडौं। नेपाल बैंकर्स संघले बैंकहरुको ब्याज नबढाउने निर्णय गरेको छ।
शुक्रबार बिहान बसेको संघको बैठकले ब्याज नबढाउने निर्णय गरेको हो।
कृषि विकास बैंकका सीईओ समेत रहेका संघका अध्यक्ष अनिल कुमार उपाध्यायले तत्कालका लागि ब्याज नबढाउने निर्णय गरेको बताए। उनले १० दिनका लागि अहिलेको ब्याजदर नै यथावत राख्ने र त्यसपछि बजारको अवस्था हेरेर निर्णय गर्ने बताए।
अहिले साधारण मुद्दति निक्षेपको ब्याजदर ११.०३ प्रतिशत छ भने संस्थागतको १०.०३ प्रतिशत छ।