काठमाडौं। परराष्ट्रमन्त्री डा नारायण खड्का चीन भ्रमणमा जाने भएका छन्।
खड्का यही साउन २४ देखि २६ गतेसम्म चीनको भ्रमणमा जान लागेका हुन्। उनी चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा त्यहाँको भ्रमण गर्न लागेको मन्त्रालयले जानकारी दिएको छ।
दुबै मन्त्रीहरूले १० अगस्टमा चीनको चिङ्दाओमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ। स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले मन्त्री खड्का र प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा रात्रिभोजसमेत आयोजना गर्नेछन्।
मन्त्री खड्का तीन दिने भ्रमण सम्पन्न गरी काठमाडौं फर्कनेछन्।