काठमाडौँ । अस्पतालको लापरवाहीले बालकको मृत्यु भएको भन्दै हेटौँडा अस्पताल घेराउ गरेका गरिएको छ।
अस्पतालको चिकित्सकहरुको लापरवाहीले गर्दा करेन्ट लागेर घाइते भएका हेटौँडा ९ का १२ वर्षीय सुमन लामाको मृत्यु भएको भन्दै आफन्तहरुले अस्पताल घेराउ गरेका हुन्।
बालकको एक आफन्तका अनुसार दिउँसो करिब २:३० बजेतिर माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका उनलाई उपचारको लागि आफन्तहरुले ३ बजे अस्पताल ल्याएका थिए।
अस्पताल ल्याएको केहीबेरमा नै उपचारमा खटिएका चिकित्सकहरुले बालकलाई मृत घोषणा गरेका थिए। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको बताए। उनले घटनाको बारेमा विस्तृत रुपमा अनुसन्धान भइरहेको बताए।