काठमाडौं। प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोगबारे छलफल सुरु भएको छ।
आइतबार बिहान ११ बजेदेखि संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगबारे छलफल सुरु भएको हो। अहिले उक्त प्रस्तावमा सांसदहरुले बोलिरहेका छन्।
प्रधानन्यायाधीश जबराविरुद्ध २०७८ फागुन २९ गते महाभियोग दर्ता भएको थियो। महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका थिए।
प्रतिनिधिसभाले फागुन २२ गते महाभियोग सिफारिस समिति गठन गरको थियो। तर, त्यसपछि छलफल अगाडि बढ्न सकेको थिएन।
प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता, यी हुन् २१ आरोप (पूर्णपाठ)