काठमाडौँ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई कोरोना भाइरस संक्रमण देखिएको छ ।
कामु प्रधानन्यायाधीश कार्कीलाई कोरोना पोजिटिभ देखिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए ।
उनका अनुसार संक्रमित कार्की होम आइसोलेसनमा बसेका छन् । कार्की शुक्रबारसम्म अदालतमा उपस्थित थिए ।
यसैबीच, कामु प्रधानन्यायाधीश कार्कीलाई कोभिड भएपछि सर्वोच्चका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी पाएका छन् ।