धनुषा । मधेस प्रदेश मुख्यमन्त्री लालबाबु राउतलाई बर्खास्त गर्न माग गरिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को भ्रातृ संगठन लोकतान्त्रिक विद्यार्थी संघले मुख्यमन्त्री राउतलाई बर्खास्त गर्न प्रदेशका सभामुख सरोजकुमार यादवलाई ज्ञापनपत्र बुझाएको हो ।
संघको मधेश प्रदेश अध्यक्ष मिथिलेश यादव नेतृत्वको टोलीले आइतबार सभामुख यादवलाई ज्ञापन पत्र बुझाउँदै ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत साइकल खरिदमा अनियमितता भएको विषयमा राउतलाई पदमुक्त गर्न माग गरेको हो ।
मुख्यमन्त्रीको कार्यालयकै नाममा संचालित कार्यक्रम र सो कार्यान्वयन गर्ने जिम्मेवारी पनि मुख्यमन्त्रीकै भएकाले उनी दोषी हुने विद्यार्थी संघको जिकिर छ ।