सुनसरी। खेतमा घाँस काटेको विषयमा झगडा हुँदा घाइते भएकी एक महिलाको मृत्यु भएको छ।
गत साउन १३ गते शुक्रबार सङ्गीता देवी रायको खेतमा घाँस काटेको विषयमा झगडाको क्रममा गम्भीर घाइते भएकी सुनसरीको बर्जू गाउँपालिका वडा नम्बर ३ को २६ वर्षीय चन्द्रकला देवी रायको मृत्यु भएको हो।
चन्द्रकलालाई उपचारको लागि कोसी अस्पताल विराटनगर ल्याएकोमा उनको आइतबार राती मृत्यु भएको हो।
मृतक चन्द्रकलादेवीलाई छिमेकी सङ्गीता र उनका परिवारले घाँस काटेको विषयलाई लिएर निर्घात कुटपिट गरेका थिए।
मृतकका आफन्तले छिमेकी सङ्गीता कुमारी रायविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका छन्।
ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक जयदेव माझीका अनुसार आरोपित सङ्गीता कुमारी रायलाई पक्राउ गरी हिरासतमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिएको छ।