काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले यूएई इन्टरनेसनल टी–२० लिगका लागि अनुबन्ध भएका छन्।
उनी यूएईको फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको पहिलो संस्करणका लागि मार्की खेलाडीको रूपमा अनुबन्धत भएका हुन्।
ईमिरेट्स क्रिकेट बोर्डले आज सन्दीपसहित २० खेलाडीलाई मार्कीको रूपमा अनुबन्ध गरिएको घोषणा गरेको हो। सन्दीपले खेल्ने टोलीको नाम भने घोषणा गर्न बाँकी छ।
यो प्रतियोगिता आगामी जनवरी ६ देखि फेब्रुअरी १२ सम्म यूएईमा आयोजना हुँदैछ। ६ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा कुल ३४ खेल हुनेछन्।
प्रतियोगितामा सहभागी टोलीले १८ खेलाडी टिममा राख्न पाउने छन्, जसमा १२ विदेशी खेलाडी हुने छन्।