काठमाडौँ । बन्चरेडाँडाका बासिन्दाले काठमाडौंको फोहोर खन्याउन अवरोध गरेका छन् ।
मानवबस्तीलाई फोहोरमैलाबाट अलग गर्ने सहमति कार्यान्वयन नगरिएको भन्दै स्थानीयले फोहोर बोकेको १४ वटा टिपर र सडक निर्माणमा प्रयोग गरिएका तीन वटा डोजरमा तोडफोड गरेका छन् ।
महानगरसँग आफुहरुले राखेका माग बेवास्ता गरेको उनीहरुको आरोप छ ।यसअघि पनि उनीहरुले भदौदेखि बन्चरेडाँडामा फोहोर विसर्जन गर्न नदिने चेतावनी दिएका थिए । सडक मर्मतलगायतका माग राख्दै एक महिनादेखि स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध गर्दै आएका छन् ।