काठमाडौं। नर्भिक अस्पतालले तत्काल अस्पतालको भवन भत्काउन नसक्ने बताएको छ।
नेपाल सरकारसँग सम्झौता गरेर जग्गा लिएको भन्दै तत्काल अस्पतालको भवन भत्काउन नसक्ने अस्पतालले जनाएको हो।
सोमबार काठमाडौं महानगरपालिकाले नर्भिक इन्टरनेशनल हस्पिटललाई २४ घण्टाभित्र संरचना हटाउन निर्देशन दिएको दियो।
त्यसपछि मंगलबार पत्रकार सम्मेलन गर्दै नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले आफ्नो अस्पतालमा सयौं बिरामीहरु क्रिटिकल अवस्थामा रहेको भन्दै तत्काल भत्काउन नसक्ने बताए।
सोबारे काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र शाह (बालेन)लाई लिखित रुपमा पत्र नै पठाएको तर अहिलेसम्म नआएको उनले बताए।
उनले आफूहरुले २९ वर्षअघि सरकारसँग सम्झौता गरेर जग्गा भाडामा लिएको दाबी गरे।