काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएको छ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रयोजनका लागि एमालेले मंगलबार निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएको हो।
दल दर्ताका लागि एमाले उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य डा. राजन भट्टराई र कृष्णगोपाल श्रेष्ठलगायत नेताहरु निर्वाचन आयोगमा पुगेका थिए।