काठमाडौं। ट्राफिक प्रहरीको विशेष चेकिङको एक घण्टामै २३१ चालक कारवाही परेका छन्।
ट्राफिक प्रहरीले बुधबार बिहान साढे ७ देखि ८ बजेसम्म गरेको विशेष चेकिङमा २३१ चलक कारवाही परेका हुन्।
कारवाही पर्नेमा ५ जना एम्बुलेन्स चालकसमेत रहेका छन्। त्यस्तै, विशेष चेकिङको क्रममा पानी बोक्ने सवारी साधनका ९३ चालक, प्रेसका १ तथा अन्य सवारी साधन १३२ गरी २३१ सवारी साधनका चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
जसमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ३ जना चालक समेत कार्वाहीमा परेका छन्।