काठमाडौं। काठमाडौंको बालाजु बाइपासस्थित वान वर्ल्ड जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ।
काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपास नजिक रहेको चप्पल जुत्ता कारखानामा विद्युत सट भएर बुधबार मध्याह्नदेखि आगलागी भएको थियो।
महानगरीय प्रहरी वृत्त बालाजुले आगो नियन्त्रणमा आएको जनाएको छ। आगलागीबाट करिब ४ करोडको क्षति भएको अनुमान गरिएको छ।
गृहमन्त्री बालकृष्ण खाणले बालाजु औद्योगिक क्षेत्रभित्र रहेको वान वर्ल्ड जुत्ता कम्पनीमा भएको आगलागीबाट पुगेको क्षति र आगलागी नियन्त्रणबारे सम्बन्धित निकायसँग जानकारी लिएका छन्।