तनहुँ। म्याग्दे गाउँपालिका–३ धयरेमा माइक्रो बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन्।
बिहीबार बिहान दमौलीबाट पोखरा जाँदै गरेको बा ४ ख ९९९९ नम्बरको माइक्रो बस आफैँ अनियन्त्रित भई सम्धी खोला पुलको रेलिङमा ठक्कर खाएपछि दुर्घटना भएको हो।
घाइतेहरुलाई उपचारको लागि दमौलीस्थित रत्नहरी अस्पताल दमौलीमा ल्याइएको छ।
घाइतेमध्ये म्याग्दे गाउँपालिका–२ गुणादी बस्ने वर्ष ३० को विमल रानाभाट, शुक्लागण्डकी नगरपालिका–८ राइपुरका वर्ष ७४ का भानुप्रसाद भट्टराई, व्यास नगरपालिका–११ बस्ने वर्ष ३० की बिन्दु भट्टराई, व्यास नगरपालिका–५ पतेनी बस्ने वर्ष २८ की भावना श्रेष्ठ र माइक्रो बस चालक व्यास नगरपालिका–२ वर्ष ३६ की जीवन आले गरी पाँच जनाको मणिपाल अस्पताल पोखरामा थप उपचारको लागि पठाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।