काठमाडौं। आगामी निर्वाचनमा म्यादी प्रहरी भर्नाको संख्या बढ्ने भएको छ।
स्थानीय तहको निर्वाचनमा करिब एक लाखको संख्यामा म्यादी प्रहरी खटाइएको थियो।
तर, मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा म्यादी प्रहरी भर्नाको संख्या बढ्ने नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंहले जानकारी दिएका छन्।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा आईजीपी सिंहले भने, ‘आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि वैशाख ३० मा भएको स्थानीय तहको चुनावमाभन्दा धेरै संख्यामा ४० दिनका लागि म्यादी भर्ना गरिन्छ।’