काठमाडौं। सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलले छलफल सकरात्मक दिशामा अगाडि बढिरहेको जनाएको छ।
बिहीबार दिउँसो बसेको कार्यदलको बैठकपछि माओवादी नेता देब गुरूङले कार्यदलले छलफल सकरात्मक दिशामा अगाडि बढिरहेको जानकारी दिए।
उनले सिट बाँडफाँटबारे सैद्धान्तिक रुपले सहमतिको नजिक पुगेको दाबी गरे।
आजको बैठकमा सिट बाँडफाँटबारे सहमतिको मोडालिटी तय गर्ने प्रक्रियाबारे छलफल भएको र उक्त छलफल सकरात्मक भएको उनले बताए।
साउन ३० गते बस्ने बैठकले सत्ता गठबन्धनबीच सिट बाँडफाँटबारे टुंगो लगाउने उनले दाबी गरे।
सत्ता गठबन्धनले मंसिर ४ गेत हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न कार्यदल बनाएको थियो।