काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को नतिजा आगामी भदौ तेस्रो हप्ताभित्र प्रकाशन गर्ने तयारी गरेको छ।
परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले भदौ तेस्रो हप्ताभित्र नतिजा प्रकाशित गर्नेगरी प्रकृया अघि बढाइएको जानकारी दिए।
कक्षा १२ को परीक्षा गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको थियो। बोर्डका अनुसार करिब चार लाख परीक्षार्थीहरूले १२ को परीक्षा दिएका छन्।