काठमाडौँ । न्युयोर्क सिटीका मेयर एरिक आडम्सको एसिया मामिला सल्लाहकार बोर्डमा नेपाली अमेरिकन नवराज केसी नियुक्त भएका छन् । बुधबारको छलफलपछि केसीलाई सल्लाहकारमा नियुक्त गरिएको हो ।
न्युयोर्क सिटीका मेयर एरिक आडम्सले पहिलोपटक एसियन मामिला सल्लाहकार बोर्डको स्थापना गरेका हुन् । यो समितिले एसियन समुदायका विषय र समस्याहरुबारे मेयर एरिक आडम्सलाई जानकारी गराउनेछ ।
यो सल्लाहकार बोर्ड मेयर र एसियन समुदायबीच पुलको काम गर्ने नवनियुक्त सल्लाहकार केसीले जानकारी दिए । उनले आफ्ना समुदायका विषयहरु मेयर समक्ष लैजान अब सहज हुने र आफू न्युयोर्कमा रहेका नेपाली समुदायका विषय मेयर अफिस समक्ष लैजान सधै प्रतिबद्ध रहने बताए ।