काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।बैठक विहान ९ बजे पार्टी मुख्यालय सानेपामा बस्न लागेको हो ।
बैठकमा आगामी प्रदेश तथा प्रतिनिधि सभा प्रयोजनका लागि दल दर्तासम्बन्धी छलफल र निर्णय हुने बताइएको छ ।यस्तै, चुनावमा गठबन्धन कायम राखेर सिटहरुको बाँडफाँटका विषयमा पनि बैठकमा कुराकानी हुने नेताहरुले जानकारी दिएका छन्।
सत्ता पक्षीय दलहरुबीच आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धन गरेर जाने सहमति भइसकेको छ।
यसैबीच सभापति देउवा पार्टीमा आफूखुसी अघि बढेको भन्दै नेता शेखर कोइरालाले आफू निकटको बैठक पनि बोलाएका छन् । बैठक शनिबार दिउँसो बस्ने एक नेताले बताए ।