काठमाडौँ । क्रिकेट खेलाडी स्व. वीरेन्द्र शाहीको स्मृतिमा ‘मेरो दाइ’ बोलको गीत सार्वजनिक भएको छ।
यो गीत स्व. वीरेन्द्रका भाइ शाहिल शाहीले तयार पारेका हुन्। गीतलाई कैलालीको लम्कीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो। गीतमा रवीन स्वार काजीले सङ्गीत संयोजन गरेका छन्।
गीतको भिडियोमा शाहिल, कौशल अवस्थी, रमेश शाही देखिएका छन्। उनीहरूले स्व। वीरेन्द्रलाई धेरै नै याद गरेको भिडियोमा देखिन्छ। स्व। वीरेन्द्र सुदूर तथा कर्णाली प्रदेशमा हुने क्रिकेट प्रतियोगितामा सहभागी हुन्थे।
उनी एक राम्रो खेलाडी भएकाले पनि क्रिकेटमा उनी परिचित थिए। २०५१ सालामा जन्मिएका वीरेन्द्रको २०७७ फागुनमा बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा परि ज्यान गएको थियो।