काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर बोकेका १५२ गाडी बञ्चरेडाँडा पुगेका छन् । शनिबार आज भने स्थानीयले कुनै अवरोध नगरेको काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले बताए ।
फोहोर व्यवस्थापनमा स्थानीयले अवरोध नगरेपछि शनिबार १५२ वटा गाडी बञ्चरेडाँडा पुगेको बताए । मेयर शाहका अनुसार, स्थानीयले अवरोध नगरेको खण्डमा आइतबारबाट २५० देखि ३५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्ने छन् ।
‘आज फोहोरका १५२ वटा गाडीहरू बञ्चरे डाँडा पुगेका छन् । कुनै अवरोध नभएमा भोलिबाट दैनिक २५० देखि ३५० गाडीहरू फोहोर बोकेर बञ्चरे पुग्ने छन्,’ शाहले फेसबुकमा लेखेका छन् ।
काठमाडौँको ७५ गाडी र अरू पालिकाहरूबाट पनि दैनिक त्यति नै मात्रामा फोहोर उत्सर्जन हुने भएकाले नियमित अवस्थामा पुग्न भने केही समय लाग्ने बा लेनको भनाइ छ ।हुन भएकाले नियमित अवस्थामा पुग्न भने केही समय लाग्ने मेयर शाहको भनाइ छ ।
शाहले फोहोर व्यवस्थापनमा सबैको सहयोग अपेक्षा गर्दै अवरोध नगर्ने स्थानीय, फोहोर सङ्कलन तथा लैजान सफाइ कर्मचारी तथा चालकहरू तथा अवरोध खुलाउन क्रियाशील सुरक्षाकर्मी तथा सम्बद्धलाई धन्यवाद दिएका छन् ।
फोहोरको समस्या दीर्घकालीन रूपमा अन्त्य गर्ने योजना रहेको उल्लेख गर्दै उनले फोहोरबाट कोही पनि आक्रान्त हुनुपर्ने विश्वास पनि दिलाए । काठमाडौँ उपत्यकामा फोहोर व्यवस्थापन दीर्घकालीन समस्याका रूपमा छ । स्थानीयको अवरोधले केही समयदेखि काठमाडौँको फोहोर उठ्न सकेको छैन । जसका कारण उपत्यका दुर्गन्धित बन्दै गइरहेको थियो ।