काठमाडौँ । काठमाडौँ उपत्यकालगायत मुलुकका विभिन्न शहरमा हिजो र आज गाईजात्रा पर्व मनाइएको छ ।
तिथि विवादका कारण भने काठमाडौंमा आज पनि सापारु मनाइएको हो। काठमाडौंको कोर क्षेत्रसहित कीर्तिपुर, नैकाप, साँखु लगायतका क्षेत्रमा पनि आज गाईजात्रा मनाइएको हो ।
हिजो पनि काठमाडौंमा गाईजात्रा अन्तर्गत बालबालिकालाई गाईको रुपमा सिंगारेर नगर परिक्रमा गराइएको थियो।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा गराइँदैछ।
उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ। यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ।