काठमाडौँ । नेपाली कांग्रेसले सोमबारदेखि पार्टीका निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दैछ । काँग्रेसले त्यसका लागि ललितपुरमा कार्यक्रम राखेको छ ।
वैशाख ३१ मा निर्वाचन सम्पन्न भएको तीन महिनापछि कांग्रेसले जनप्रतिनिधिहरूलाई बोलाएर अभिमुखीकरण गर्न लागेको हो ।
काँग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने कार्यक्रमको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा शीर्ष नेताहरुले प्रशिक्षण दिने जनाइएको छ । स्थानीय तहका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र समन्वय समितिका प्रमुख–उपप्रमुखको सहभागिता हुने कार्यक्रम भोलिसम्म सञ्चालन हुनेछ ।