मलेसिया । गैरे आवसिय नेपाली सङ्घ मलेसियाले विगतका वर्षहरूमा झैँ यस पटक पनि नेपाली महिलाहरूको महान् चार्ड हरितालिका तिजको अवसरमा दर खुवाउने तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
यही अगष्ट २० तारिख स्थानीय समयअनुसार दिउँसो को ३ बजेदेखि एनआरएनएको आफ्नै भवनमा आयोजना गर्न लागेको हो ।नेपाली रीतिरिवाज चार्डपर्वको जगेर्ना गर्नुको साथै विभिन्न कारणले मलेसियामा कार्यरत नेपाली दिदीबहिनीहरूलाई लक्षित गर्दै उक्त कार्यक्रम गर्न लागेको एनआरएनए मलेसियाका महासचिव रञ्जित क्षेत्रीले जानकारी दिए।
आफ्नो जन्मभूमि छोडी मलेसियामा बसेर एक दिन भएपनि आफ्नो दिदीबहिनीहरूको साथमा माइतीको सम्झनालाई बिर्साउने गरी कार्यक्रम अवधिभर मनोरञ्जन समेत दिने महासचिव क्षेत्रीले बताए ।
नेपाली महिलाहरूको पर्व तिज कार्यक्रमलाई नेपालकै अनुभूति हुने गरी मलेसियामा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरू र सङ्घ-संस्थाहरूलाई पत्राचार गरिसकेको र कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि सिङ्गो एनआरएनए मलेसिया लागि रहेको महासचिव रञ्जित क्षेत्रीले जानकारी दिए।