काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौंका फोहोरमाथि राजनीति गरेर मेयर बालेन शाहलाई असफल पार्न खोजिएको आरोप लगाएका छन्।
सोमबार प्रदेश १ को भेलालाई सम्बोधन गर्दै लामिछानेले फोहोरमाथि राजनीति गरेर स्वतन्त्रबाट काठमाडौंमो मेयर बनेका बालेनलाई असफल पार्न खोजिएको आरोप लगाए।
उनले बालेनलाई कुनै पनि हालतमा असफल हुन नदिने र त्यसका लागि जे गर्न पनि तयार रहेको प्रतिवद्धता जनाए।