काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको पत्र संसद् सचिवालयमा पुगेको छ।
सो विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक रहेको भन्दै राष्ट्रपति भण्डारीले आइतबार साँझ प्रतिनिधिसभामा फिर्ता गरेको राष्ट्रपति कार्यालयले आइतबार प्रेस विज्ञप्तिमार्फत जनाएको थियो।
राष्ट्रपति भण्डारीले पठाएको पत्र सोमबार संसद सचिवालयमा पुगेको छ। उक्त पत्रमा राष्ट्रपतिले विभिन्न ८ बुँदा उल्लेख गरेकी छन्।
संवैधानिक व्यवस्थाअनुसार सोमबारसम्ममा राष्ट्रपति भण्डारीबाट विधेयक प्रमाणीकरण वा फिर्ता गर्ने समय थियो। सभामुख अग्निप्रसाद सापकोटाले साउन १५ मा प्रमाणित गरेर विधेयकलाई प्रमाणीकरण गर्न शीतलनिवास पठाएका थिए।
नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको उक्त निर्णयको सत्तारुददेखि मधेसवादी दलले विरोध गरिरहेका छन् भने एमाले, राप्रपालगायत नागरिक समाजले स्वागत गरिरहेका छन्।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत यही नागरिकता विधेयक पठाउँदा लगत्तै प्रमाणिकरण गरेकी राष्ट्रपति भण्डारीले अहिले फिर्ता पठाइदिएपछि कतिपयले उनको निर्णयमा प्रश्न उठाएका छन्।
हेर्नुस्, नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले संसद् सचिवालयमा पठाएको पत्र