काठमाडौं। डा. बाबुराम भट्टराई र वामदेव गौतम माओवादीको चिन्हबाट चुनाव लड्ने भएका छन्।
आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले भट्टराई र वामदेवलाई माओवादीको चिन्हबाट चुनाव लड्न दिने निर्णय गरेको हो।
बैठकपछि माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव नेतृत्वको नेकपा एकता अभियानलाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको जानकारी दिए।
२०७४ को प्रतिनिधि सभा चुनाव बर्दिया–१ बाट हारेका वामदेव पछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा नियुक्त भएका थिए।
एमाले विभाजनका बेला कुनै पनि पक्षमा नलागेका उनी पछिल्लो वामपन्थी घटक मिलाउने अभियानमा सक्रिय थिए।