काठमाडौं। अर्थ मन्त्रालयले राष्ट्र सेवक कर्मचारीहरुको नयाँ तलबमान सार्वजनिक गरेको छ।
मन्त्रालयले साउन १ गते लागु हुने राष्ट्र सेवक कर्मचारीहरुको नयाँ तलबमान सार्वजनिक गरेको हो।
सार्वजनिक तलब सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू हुनेछ।
सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत राष्ट्रसेवक कर्मचारीको १५ प्रतिशतका दरले तलब बढाएको थियो।
साउन २६ गते बसेको मन्त्रिपरिषद बैठकले यही साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०७९/८० को नयाँ तलवमान र ग्रेड सरकारले स्वीकृत गरेको थियो।