काठमाडौं। सत्तारुढ गठबन्धनले नागरिकता विधेयकलाई जस्ताको तस्तै राष्ट्रपतिको कार्यालयमा पठाउने निर्णय गरेको छ।
मंगलबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले नागरिकता विधेयकलाई जस्ताको तस्तै राष्ट्रपतिको कार्यालयमा पठाउने निर्णय गरेको हो।
सरकारले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरेर प्रमाणिकरणका लागि पठाएको विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले १५ दिन रोकेर २९ साउनमा फिर्ता गरिदिएकी थिइन्।
उक्त विधेयक मंगलबारको संसद बैठकमा पेश भइसकेको छ। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिबाट फिर्ता भएको विधेयक पुनः जस्ताको त्यस्तै संसदमा प्रस्तुत गर्ने र पारित गरेर राष्ट्रपति कहाँ पठाउने निर्णय भएको जानकारी दिए।
राष्ट्रपति भण्डारीले दोस्रो पटक भने संसदमा फिर्ता पठाउन पाउने छैनन्, प्रमाणिकरण गर्नुपर्ने कानुनी व्यवस्था छ।