काठमाडौं। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।
मंगलबार प्राप्त मूल्य सूचीमा पेट्रोल १ रुपैयाँ ९४ पैसा र डिजल ४ रुपैयाँ ८४ पैसा घटेर आएको नेपाल आयल निगमले जनाएको छ।
योसँगै भारतबाट लगातार तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। यसअघि साउन १६ गते दोस्रो पटक डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा तथा साउन १ गते पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै पेट्रोलियम पदार्थको मूल्य घट्दै आएको छ। तर, नेपाल आयल निगमले भने घाटामा रहेको भन्दै पेट्रोलियम पदार्थको मूल्य घटाएको छैन।
यसपटक पनि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने कुनै संकेत देखाएको छैन।