काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार पनि बस्दैछ । बैठक बिहान ८ बजेपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा चुनाव केन्द्रित विषयमा छलफल हुने केन्द्रीय कार्यालयले जनाएको छ ।
यसअघि मंगलबार बसेको स्थायी समिति बैठकले नेसपाका अध्यक्ष बाबुराम भट्टराई र नेकपा एकता राष्ट्रिय अभियान वामदेव गौतमलाई निर्वाचनमा पार्टीको चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको थियो ।