काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ८४ दल निर्वाचन आयोगमा दर्ता भएका छन्।
हिजो साँझसम्मको समयसीमामा ८४ दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाकारी दिए। सरकारले निर्वाचन आयोगको परामर्शमा यही साउन १९ गते आगामी मङ्सिर ४ गतेका लागि एकै चरणमा निर्वाचनको मिति घोषणा गरेको थियो।
यस्तै आयोगले आजदेखि दर्ताका लागि दिएका निवेदनबारे जाँचबुझ गर्ने भएको छ। निर्वाचन प्रयोजनार्थ आयोगमा दल दर्ताको निवेदन दिएका सबै दलहरूको आजबाट जाँचपरक गर्ने, हेर्ने, कानून बमोजिम छन् कि छैनन्रु प्राप्त गर्नुपर्ने सबै कागजात छ कि छैन भन्ने कुराको परीक्षण शुरु हुने प्रवक्ता पौडेलले बताए। त्यस्तै उनले सबै कुराको परीक्षण गरेर दलहरूलाई दर्ताका लागि आयोगमा पेस गर्ने काम शुरु हुने बताउनु बताए।
प्रवक्ता पौडेलले मतदाता नामावली अद्यावधिकको काम अहिले ७७ वटै जिल्लामा भइरहेको जानकारी दिए। उनले निर्वाचन आयोगले अहिले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पर्यवेक्षणको लागि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु पनि आह्वान गर्न लागेको बताए। निर्वाचनका लागि चाहिने सामग्रीहरु टेण्डरको लागि पनि काम भइरहेको उनको भनाइ छ।