काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ८४ राजनीतिक दल दर्ता भएका छन्।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ४ मंसिरका लागि तय गरिएको निर्वाचन प्रयोजनका लागि अन्तिम दिनसम्म ८४ दल दर्ता भएका हुन्।
आयोगमा दर्ता भएअनुसार सिके राउत नेतृत्वको जनमत पार्टी एक नम्बरमा दर्ता भएको छ भने रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी अन्तिममा दर्ता भएको छ।
यसरी दर्ता भएका राजनीतिक दलका बारेमा निर्वाचन आयोगले आजैबाट जाँचबुझ सुरु गर्नेछ।राजनीतिक दलले पेस गरेका कागजपत्र सही छन् कि छैनन् भन्ने बारेमा आजबाट नै जाँचबुझ गरिने प्रवक्ता पौडेलले जानकारी दिए।