काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिको पहिलो बैठक बसिरहेको छ।
सिंहदरबारस्थित कानुन समितिको हलमा बसिरहेको बैठकले सभापति चयन र कार्यविधि निर्माण गर्नेछ।
सभापति चयन नभएकाले शुरुको बैठक ज्येष्ठ सदस्य रामबहादुर विष्टको अध्यक्षतामा बसेको छ।
बैठकले जबरामाथिका २१ आरोपहरुको अध्ययन गर्नेछ।