बैतडी। बैतडीमा पासोमा फसेको चितुवा मरेको छ। जंगली बंदेलका लागि थापेको पासोमा फसेको चितुवा मरेको हो।
जिल्लाको दशरथचन्द नगरपालिका–४ बिनासौंमा जंगली बँदेलका लागि थापेको पासोमा चितुवा फसेको थियो। चितुवाको उद्दार गरी ल्याउने क्रममा बाटैमा मरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक प्रेम शाहीका अनुसार चितुवाको उद्धार गरि खोरभित्र राखे ल्याउने क्रममा बाटोमा मरेको हो।