काठमाडौं। नेकपा माओवादी केन्द्रले पदाधिकारीको टुङ्गो लगाउने भएको छ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकमा स्थायी कमिटी र पोलिटब्युरोको चयन तथा केन्द्रिय कमिटीमा थप्नुपर्ने सदस्य र पार्टी पदाधिकारी टुङ्ग्याउने विषयमा छलफल भएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
सदस्य तथा पार्टी पदाधिकारीका विषय आजको बैठक लगभग टुङ्गोमा पुगिसकेको भए पनि बिहीबार बिहान ८ बजे बस्ने स्थायी कमिटी बैठकले अन्तिम टुङ्गो लगाउने प्रवक्ता महराले बताए।