काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सरेको छ। पार्टीको पदाधिकारीको टुंगो लगाउन बिहान बोलाइएको बैठक दिउँसो ४ बजे बस्नेगरी सरेको हो।
बिहान १० बजे सत्तारुढ गठबन्धनको बैठक बस्ने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने भएकाले पार्टीको बैठक सरेको उनको सचिवालयले जनाएको छ।
बुधबार बसेको पार्टीको स्थायी कमिटी बैठकको निर्णयअनुसार बिहीबारको बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ।