काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीले मंसिर ४ गते हुने निर्वाचनका लागि भदौ २० गतेसम्म उम्मेदवारको टुंगो लगाउने भएको छ।
बुधबार बसेको पार्टीको सचिवालय बैठकले भदौ २० गतेसम्म उम्मेदवारको टुंगो लगाउने निर्णय गरेको हो।
नेकपा एसका महासचिव डा.बेदुराम भुसालले बिहीबार सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै भदौ १२ गतेसम्म प्रदेश र १५ गतेसम्म केन्द्रमा सिफारिस गर्ने तथा भदौ २० गतेसम्म उम्मेदवारको टुंगो लगाउने जानकारी दिएका छन्।
उम्मेदवारका लागि विभिन्न ८ मापदण्ड बनाइएका छन्।
त्यस्तै, बैठकले माओवादी केन्द्रसँग पार्टी एकता गर्नका लागि संयोजन समिति गठन गर्ने निर्णय पनि गरेको छ।
पार्टीले दर्ता भएको एक वर्ष पुगेको अवसरमा उक्त पार्टीले भदौ ९ गते पुनर्गठन दिवसको आयोजना गर्ने जनाएको छ।