काठमाडौं। संसद बैठकमा विविध कारण देखाउँदै लामो समय अनुपस्थित हुने १५ सांसदको नामावली सार्वजनिक भएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१० को उपनियम ४ बमोजिम विविध कारणले लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदको नामावली सार्वजनिक गरेका हुन्।
संसद बैठकमा लामो समय अनुपस्थित हुने सांसदहरुमा भिमसेनदास प्रधान, प्रदीप गिरी, तुल्सी थापा, गंगा चौधरी, धर्मशिला चापागाईं, रघुविर महासेठ, जुली कुमारी महतो, शान्ता चौधरी र कर्मा घले छन्।
यसैगरी, सुरेश चन्द्र दास, शिवकुमार मण्डल, निर्जला राउत, नवराज रावत, विनोद कुमार चौधरी र नागेन्द्र कुमार लामो समय बैठकमा अनुपस्थित हुने सूचीमा छन्।