झापा। पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न संसदीय निर्वाचनमा आफ्नो पार्टीले कसैसँग गठबन्धन नगर्ने बताएका छन्।
झापाको क्षेत्र नं ३ अन्तर्गत कचनकवलमा पार्टीले आज आयोजना गर्न लागेको बृहत् आमसभा एवम् पार्टी प्रवेश समारोहलाई सम्बोधन गर्न झापा पुगेका अध्यक्ष ओलीले चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेलाई चुनाव लड्न कसैसँग गठबन्धन गरिरहनुपर्ने आवश्यकता नरहेको उल्लेख गरे।
उनले भने।, ‘नेकपा एमाले जनताले पत्याएको, आशा–भरोसा बोकेको, बलियो सङ्गठन भएको पार्टी हो। गठबन्धन कमजोरहरूले गर्ने हो, बलियोले होइन।’
अध्यक्ष ओलीले सत्तासीन दलहरूको गठबन्धनतर्फ सङ्केत गर्दै विचार सिद्धान्त नमिल्नेहरू बीचको गठबन्धन केवल सत्ताको वरिपरि घुमिरहने प्रपञ्च बाहेक केही नभएको टिप्पणी गरे।