काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौँ महानगरपालिकामा मेयर बालेन शाहबीचको फेसबुक जुहारी बिहीबार साँझसम्म पनि कायम छ।
बिहीबार साँझ साम्पाङले फेरि बालेनलाई कटाक्ष गर्दै फेसबुक स्टाटस लेखेका छन्।उनले लेखेका छन्, 'फोहोरसम्म सोहर्न नसक्नेले के फुइँ लाउनु बेकारमा ! फोहोर ठेगान लगाएर बल्ल कुरा गर्नु है ! हावा गफ होइन काम चाहिएको छ जनतालाई !
यसअघि उनीहरुबीच सामाजिक सञ्जालमा आरोप प्रत्यारोप चलिरहेकै छ।