काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत आयोजना र सेती–६ परियोजना जसरी पनि बन्ने बताएका छन् ।
सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड र भारतीय कम्पनी एनएचपीसी लिमिटेडबीच सम्झौता भएसँगै यो परियोजना बन्ने बाटो खुलेको उनले बताए ।
परियोजना अध्यनका लागि सबैले सहयोग गर्नुपर्ने उनको भनाइ छ । विशेषगरी स्थानीयले सहयोग गर्नुपर्ने उनले बताए । यो परियोजना बनाउन सरकारले आवश्यक सहयोग गर्ने पनि बताए ।
त्यसैगरी यो परियोजना निर्माणका लागि एक खर्ब ८० अर्ब भारतीय रुपैयाँ लाग्ने अनुमान गरिएको एनएचपीसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक एके सिंहले बताए ।