काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकामा मेयर बालेन शाहलाई ‘हावामा र्याप गाएर आएको मान्छे’ भनेर टिप्पणी गरेका छन्।
शुक्रबार बिहान उनले काठमाडौं महानगरपालिकामा मेयर शाहलाई ‘हावामा र्याप गाएर आएको मान्छे’ भनेर टिप्पणी गरेका हुन्। उनले बालेनले संघर्ष गर्र्या छ र ? भनेर प्रश्न पनि गरेका छन्। उनले भनेका छन्, ‘बालेनले संघर्ष गर्र्या छ र ? हावामा र्याप गाएर आएको मान्छे।’
उनले काठमाडौं गएको बेला बालेनलाई भेट्न आवश्यक समेत नभएको बताएका छन्। उनले बालेन आफ्नो साथी पनि नभएको स्पष्ट पारेका छन्। उनले अगाडि भनेका छन्, ‘बालेन मेरो साथी हैन। स्वतन्त्र, लौरो भनेर मात्रै हो। एउटा मेसेज गरेको पनि छैन।’
उनले एउटा काम गरेपछि मात्रै बालेनले आफुसँग कुरा गर्न पाउने उल्लेख गरेका छन्। ‘काम गरेर देखाउनु। अनि मसँग कुरा गर्न पाउँछ। फोहोर सोहोरेर देखाए हुन्थ्यो’, साम्पाङले भनेका छन्।
हाल बालेन र साम्पाङबीच फेसबुक जुहारी तथा आरोप प्रत्यारोप भइरहेको छ।